एचआईडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 01, 2020 08:40 AM Merolagani

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) को लाभांश सुरक्षित गर्ने आज (पुस १६ गते, बुधबार) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ पुस १७ गते, बिहीबार बुकक्लोज गर्नेछ।

कम्पनीले लाभांश वितरण प्रस्तावसहित पुस २८ गते साधारण सभा डाकेको छ। सो सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, प्रधानमन्त्री राहत कोष मार्फत प्रदेश नं। २ को मुख्यमन्त्री राहत कोषमा ४ लाख जम्मा गरिएको अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

मंगलबार कम्पनीको शेयरमूल्य १४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनीले पनि साधारण सभा प्रयोजनार्थ भोलि (पुस १७ गते) बुकक्लोज गर्दैछ। सभामा भाग लिन चाहने लगानीकर्ताले आजसम्ममा शेयर खरिद गरी कायम हुनुपर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।