स्वाभिमानले बोनसपश्चात हकप्रद निष्कासन गर्ने

Jan 02, 2020 08:45 AM Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्कासन गर्ने भएको छ। लघुवित्तले सो प्रस्तावसहित माघ १० गते साधारण सभा आयोजना गर्ने भएको छ।

लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र अन्य लघुवित्तसँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २५ गतेदेखि माघ १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २४ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्री गरेर जेठ २७ गते शेयर बजारमा सूचीकृत भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।