प्रिमियर इन्स्योरेन्सकाे सीईओमा विश्वराम तिमिला प्रवेश, बीमा समितिबाट अनुमोदन

Jan 02, 2020 03:15 PM Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा विश्वराम तिमिलाको उदय हुने भएको छ। प्रिमियरले तिमिलालाई सीईओ नियुक्त गरि बीमा समितिमा पठाएकोमा समितिले बिहीबार स्वीकृति दिएकाे हो।

  कम्पनी संचालक समितिले ३ साताअघि तिमिलालाई सीइओ नियुक्ति गर्ने निर्णय सहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो ।

बीमा क्षेत्रमा करिब ४ दशक बिताएका उनी यस अघि नेको इन्स्योरेन्सकाे सीईओ थिए। नेको इन्स्योरेन्सका सीईओबाट अवकाश पाएका उनी ६ महिनाको कुलिङ्ग पिरियड सकिएपछि प्रिमियरमा प्रवेश गर्न लागेका हुन् । 

सन् १९८१ मा भारतीय बीमा कम्पनीको रुपमा नेपालमा सञ्चालित ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन्। सन् १९९६ मा सिनियर म्यानेजरको रुपमा नेको इन्स्योरेन्स प्रवेश गरेका थिए ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल समाप्त भए पछि कम्पनी उक्त पद रिक्त थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।