पोखरा फाइनान्सको १४ प्रतिशत लाभांश पारित

Jan 03, 2020 05:39 PM merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) को पुस १८ गते सम्पन्न तेइसौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्ने १४.२० प्रतिशत लाभांश पारित गरेको छ। सभाले ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले  उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रदान गरेको छ। 

त्यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रेम बहादुर थापा, डा. दिपेन्द्र कुमार गौतम र कृष्ण बहादुर गुरुङलाई आगामी ४ वर्षे कार्यकालको लागि निर्वाचित गरेको छ।

फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस ४ गतेदेखि बुक क्लोज गरेकाले पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। बोनस वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।