लुम्बिनी विकास बैंककाे सूचनाले लगानीकर्ता झुक्किए, आइतवार शेयर किन्नेकाे लाभांश के हुन्छ ?

Jan 05, 2020 01:41 PM merolagani

लुम्बिनी विकास बैंकले दिएको सूचनामा भएको कैफियतले दोस्रो बजारका लगानीकर्ता झुक्किएका छन्। उसले साधारण सभाका लागि दिएको सूचनामा लगानीकर्ता झुक्किएका हुन्।

बैंकले साधारण सभाको सूचनामा बुक क्लोज मिति पुस २३ मा रहेको सार्बजनिक गरेको थियो। तर सोही सूचनाको दोस्रो बुँदामा भने नेपाल स्टक एक्सचेन्जमा पुस १७ सम्म कारोबार भई २२ गते सम्म कारोबार राफसाफ भएका शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउने भनेको थियो।

यही सूचनाका आधारमा दोस्रो बजारका लगानीकर्ताले १८ गते नै बुक क्लोज भन्दै शेयर खरिद /बिक्री गरे। तर, आइतबार सम्म नेप्सेले मूल्य समायोजन नगरेपछि भने लगानीकर्ता अलमलमा परेका हुन्।

तर, विकास बैकले भने पुस २२ गते नै बुक क्लोज गर्ने जनाएको छ।  सूचनमा प्रस्ट्याउन नसकेको स्वीकार गर्दै बैंकले २२ गतेसम्म शेयर खरिद गर्नेहरू साधारण सभामा उपस्थित हुन सक्ने बताएको छ। 'पुस २२ सम्म शेयर खरिद गर्नेले साधारण सभामा भाग लिन पाउने छन्' कम्पनी सचिव हरि सुबेदीले भने। बैंकले यस बिषयमा दोस्रो सूचना सार्वजनिक गर्ने निर्णय गरेको सुबेदीको भनाई छ।

बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ। उक्त साधारण सभाको लागि बैंकले पुस २३ देखि २९ सम्म बुक क्लोज गर्ने जनाएको छ। अब पुस २२ सम्म शेयर खरिद गर्नेले घोषित लाभांश पाउने छन्। बैंकले गत आर्थिक बर्षको नाफा र सञ्चित कोषबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा पाँच प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।