बैंकले यसअघि प्रकाशित सूचनामा बुकक्लोजको मिति स्पष्ट नहुँदा लगानीकर्ता अन्योलमा परेपछि पुनः सूचना निकालेको हो।
बैंकले साधारण सभाको सूचनामा बुक क्लोज मिति पुस २३ मा रहेको सार्बजनिक गरेको थियो। तर सोही सूचनाको दोस्रो बुँदामा भने नेपाल स्टक एक्सचेन्जमा पुस १७ सम्म कारोबार भई २२ गते सम्म कारोबार राफसाफ भएका शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउने भनेको थियो।
सोही सूचनाबाट लगानीकर्तामा बुकक्लोज कहिले हो भन्ने कुरा स्पष्ट नभएपछि आइतबार बैंकले पुनः सूचना जारी गर्दै पुस २३ गतेदेखि नै बुकक्लोज गर्ने जनाएको हो।उसले पहिलेको सुचनामा अन्यथा भएको भन्दै अर्को सूचना जारी गर्दै स्पस्ट पारेको हो ।
यस अनुसार पुस २२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउने छन्।
बैंकले गत आर्थिक बर्षको नाफा र सञ्चित कोषबाट पाँच प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते साधारणसभा गर्दै छ।