गुहेश्वरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 06, 2020 08:20 AM Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड (GMFIL) को लाभांश सुरक्षित गर्ने आज (पुस २१ गते) सोमबार अन्तिम दिन हो। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात पुस २२ गतेदेखि बुकक्लोज गर्नेछ।

फाइनान्सले पुस २९ गते साधारण सभा आयोजना गर्नेछ। फाइनान्सको १८ औँ वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवनमा बिहान ११ बजे शुरु हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, समृद्धि फाइनान्स (SFCL) ले पनि साधारण सभा प्रयोजनार्थ भोलि (पुस २२ गतेदेखि बुकक्लोज गर्दैछ। फाइनान्सले मर्जर प्राप्ति तथा हकप्रद निष्काशन गर्दै मजबुत बन्ने योजना अगाडि सारेको छ। समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्सलाई आफूमा गाभ्ने प्रक्रियामा रहेको समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित मर्जर तथा प्राप्तिलाई जोड दिँदै साधारण सभा बोलाएको हो।

फाइनान्सले पुस २९ गते १८ औँ वार्षिक साधारण सभा होटल सामना, हेटौँडामा बिहान १० बजे बोलाएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर १.२ अनुपातमा १२० प्रतिशत अर्थात २१ लख ८३ हजार ७६४ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । यस्तै अन्य बैंक, तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिसनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।