नेको इन्सोरेन्सले घोषणा गर्यो लाभांश

Jan 06, 2020 12:10 PM Merolagani

नेको इन्सोरेन्सले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्सको सञ्चालक समितिको पुस २० गते सम्पन्न ३८४ औं बैठकले लाभांशमा लाग्ने कर सहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

 

 

 

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४।०७५ मा १२ प्रतिशत बोनस शेयर तथा सो बोनस वापतको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभाश वितरण गरेको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।