सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, सोमबार कतिमा हुँदैछ कारोबार?

Jan 06, 2020 12:20 PM merolagani

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। इरान र अमेरिका बिचको विवाद बढ्दै गएपछि सुनको मूल्य दैनिक रुपमा बढ्दै गएको हो। 

पुस २१ गते सोमबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन आइतबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य एक महिनामै साढे ४ हजार रुपैयाँले बढेको छ। पुस १ गते ७१ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार  ७६ हजार रुपैयाँमा उक्लिएको छ।


त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रति तोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।