डिप्रोक्स लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Jan 07, 2020 12:42 PM merolagani

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ। 

लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश साधारणसभाबाट अनुमोदन भएपश्चात वितरणको लागि पुस २१ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हो।


लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि बोनस र नगद गरि कूल ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ।

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।