डिप्रोक्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा

Jan 08, 2020 09:21 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले लाभांश प्रस्ताव पारित गर्न माघ २६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफा र गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा रकम समेत सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यसका साथै सभाले लघुवित्तको अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्‍याउने, लघुवित्तको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार माघ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ। यस्तै कम्पनीले नगद लाभांश वापत ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।