फेरि बढ्न थाल्यो सुनको मूल्य, बुधबार एक हजार रुपैयाँले बढेर नयाँ उचाइमा

Jan 08, 2020 11:30 AM Merolagani

मंगलबार केही घटेको सुनको मूल्य पुस २३ गते बुधबार फेरी उच्च रुपले बढेको छ। पुस लागेदेखि नै उच्च रुपले बढेको सुनको भाउ मंगलबार केही घटेपनि बुधबार फेरि बढेको हो।

यस दिन सुन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्म कै नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँ तोकेको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

इरान र अमेरिका बिचको विवादले केहि दिनदेखि सुनको भाउ उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्न थालेको हो। उक्त विवादका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो।

बुधबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ २० डलरले बढेर प्रतिआउन्स १५९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अघिल्लो दिन अर्थात पुस २२ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ७५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 

 

बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रति तोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।