रिलायन्स फाइनान्सको लाभांश घोषणा

Jan 08, 2020 03:07 PM Merolagani

रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले गत आर्थिक वर्षको मुनाफाबाट ६.५८ लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रहेको छ। फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षमा फाइनान्सले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८७ प्रतिशत कम हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।