स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 09, 2020 08:06 AM Merolagani

स्वाभिमान लघुवित्त (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (पुस २४ गते) बिहीबार अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २५ गते शुक्रबार बुकक्लोज गर्नेछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ १० गते साधारण सभा डाकेको छ। लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र अन्य लघुवित्तसँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्री गरेर जेठ २७ गते शेयर बजारमा सूचीकृत भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।