एनएमबि बैंकसहित ५ कम्पनीको साधारण सभा आज

Jan 09, 2020 08:54 AM Merolagani

एनएमबि बैंकसहित ५ कम्पनीहरुले आज (पुस २४ गते, बिहीबार) साधारण सभा आयोजना गर्दैछन्। एनएमबि बैंक, बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, जानकी फाइनान्स र सोल्टी होटलले आज साधारण सभा आयोजना गर्न लागेका हुन्।

एनएमबि (NMB) ले लाभांश प्रस्ताव सहित आज साधारण सभा बोलाएको हो। बैंकको साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल, जावलाखेल, ललितपुरमा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

ओम डेभलमेन्ट बैंकलाई असोज ११ गतेदेखि प्राप्ती गरि एकीकृत कारोबार थालेको एनएमबि बैंक बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनाको लागि बैंकले पुस ४ गतेदेखि बुकक्लोज गरेको हो। पुस ३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन्।

बुटवल पावर कम्पनी (BPCL) ले पनि लाभांश प्रस्तावसहित आज साधारण सभा आयोजना गर्दैछ। सभामा १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सो सभा कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गतेदेखि बुकक्लोज गरेको थियो। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको लाभांश तथा साधारण सभा प्राप्त गर्न सक्नेछन्।

हाल दुई अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित दश प्रतिशत (२४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ) बोनस पश्चात २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ।

युनाइटेड मोदी (UMHL) ले पनि आज साधारण सभा आयोजना गर्दैछ। कम्पनीको साधारण सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको कर सहित कूल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा अन्य आयोजनामा लगानी गर्नुपरेमा छलफल गरी सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गतेदेखि १५ गतेसम्म बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म कायम शेयरधनीहरुले लाभांश तथा सभामा भाग लिन पाउनेछ।

जानकी फाइनान्स (JFL) ले आज होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा साधारण सभामा आयोजना गर्दैछ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीका २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ।

हाल ४९ करोड २१ लाख चुक्ता पूँजी रहेको जानकी फाइनान्सको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस पश्चात ६० करोड ४ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस १४ गते बुकक्लोज गरेको थियो। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

त्यस्तै, सोल्टी होटल (SHL) आज नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजे साधारण सभा शुरु गर्नेछ।

साधारण सभामा होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत कूल ११.३१५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि होटलले मंसिर २५ गतेदेखि बुकक्लोज गरेको थियो। जसअनुसार मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।