लघुवित्तले गत पुस १३ गते बोर्डमा आवेदन दिएको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। लघुवित्तको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। तर, सो लाभांशको प्रस्ताव पारित गर्न लघुवित्तले साधारण सभाको मिति तय गरिसकेको छैन्।
हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि प्रक्रिया अघि बढाइएको लघुवित्तका कम्पनी सचिव विनोद आचार्यले जानकारी दिए। तर, लघुवित्तको गत असोज ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले वितरण गर्ने निर्णय गरेको बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले पनि सो हकप्रद शेयर प्राप्त गर्न पाउन सक्नेछन् कि छैनन् भन्ने कुराको निर्णय हुन बाँकी रहेको आचार्यले बताए।
हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ९८ लाख १९ हजार पुग्नेछ।