एनएमबि बैंकको सिइओ केसीको तलब बार्षिक १ करोड ६६ लाख

Jan 09, 2020 05:38 PM Merolagani

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा डेढ कराेड रुपैयाँभन्दा धेरैको तलब सुविधा लिएका छन्। 

बैंकको गत आर्थिक वर्षको प्रतिवेदन अनुसार केसीले १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलब सुविधा लिएका हुन्। केसीले तलब, सञ्चयकोष, बोनस, भत्ता तथा अन्य सुविधामार्फत उक्त रकम लिएका हुन्।

केसीले तलब मात्रै ५९ लाख ४ हजार रुपैयाँ लिएका छन् भने सञ्चय कोषमा ५ लाख ९० हजार ४०० रुपैयाँ, भत्ता ५२ लाख ४८ हजार रुपैयाँ, बोनस तथा अन्य वेल्फेयर बापत ४७ लाख ३७ हजार ६०९ रुपैयाँ र अन्य सुविधाहरू बापत २ लाख ८ हजार ८६० रुपैयाँ लिएका हुन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।