दुई वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा आज

Jan 10, 2020 08:43 AM Merolagani

दुई वाणिज्य बैंकसहित ५ कम्पनीहरुले आज (पुस २५ गते, शुक्रबार) साधारण सभा आयोजना गर्दैछन्। नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कैलाश विकास बैंक, हिमालयन उर्जा विकास कम्पनी र ग्रामिण विकास लघुवित्तले आज साधारण सभा गर्न लागेका हुन्।

नेपाल बैंक (NBL) को ६० औँ वार्षिक साधारण सभा एपिएफ क्लब, हलचोक, काठमाण्डौमा साधारण सभा आयोजना गर्नेछ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभामा बैंकले २३ वर्षपछि लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन्।

त्यस्तै सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोहि अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजाँदैछ।
हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १२ गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको हो। सो सभा आर्मी अफिसर्स क्लब, सुन्धारामा बिहान १० बजे शुरु हुनेछ।

सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १३ गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ।

त्यस्तै, कैलाश विकास बैंक (KBBL) ले पनि आजै साधारण सभा आयोजना गर्दैछ। बैंकको सभा अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, काठमाण्डौमा बिहान १० वजे सभा बोलाएको हो।

साधारण सभामा बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

त्यसैगरी सभामा सम्पति तथा दायत्व मूल्याङ्कनकर्ताबाट प्राप्त १०० कित्ता बराबरको ९४ कित्ता शेयर आदान प्रदान अनुपातलाई पारित गर्ने भएको छ।

प्राइम कमर्शियल बैंकसँग मर्जरमा जाने सम्झौतापश्चात असार २२ गतेपश्चात बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ। असार २१ गतेसम्म नेप्सेमा कारोबार भई पुस १८ गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकको लाभांश पाउने बैंकले जनाएको छ।

ग्रामीण विकास लघुवित्त (GBLBS) ले आज होटल पौवा, तिलोत्तमा, रुपन्देहीमा साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्त गर्ने प्रयोजनको लागि मर्जर समिति गठन गर्ने, सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १४ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरेको हो।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले आज दुई आर्थिक वर्षको एकैचाटी साधारण सभा आह्वान गरेको छ। सो सभा बानेश्वर ब्यांकेट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिमा संस्थापक समूह र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सञ्चालकहरुको भत्ता अनुमोदन, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आव २०७४/७५ र ०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा राखिएका छन्।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गरेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।