पोखरा फाइनान्सले नगद लाभांश बैंक खातामा पठायो

Jan 10, 2020 09:11 AM Merolagani

पोखरा फाइनान्स (PFL) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

फाइनान्सको गत पुस १८ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट ७.२० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। फाइनान्सले सोही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस ४ गतेदेखि बुकक्लोज गरेको थियो। फाइनान्सले सोभन्दा अघिल्लो दिन अर्थात पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। फाइनान्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।