लुम्बिनी जनरल इन्स्योरेन्सको करिब १ लाख कित्ता लिलामीमा आउने

Jan 13, 2020 09:19 AM Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) को करिब १ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ। इन्स्योरेन्सले निष्कासन गरेको हकप्रद शेयरमा सबै शेयरका लागि आवेदन नपरेपछि बाँकी शेयर लिलामीमा आउने भएको हो।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १० बराबर २ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री गरेको थियो। सोअवधिसम्ममा निष्कासन गरीको कूल शेयरमध्ये ७ हजार ३५२ जना आवेदकले कूल १६ लाख ६० हजार २७४ कित्ता शेयरका लागि आवेदन दिएका थिए।

इन्स्योरेन्सले सो शेयर पुस २५ गते बाँडफाँट गरेको थियो। बाँडफाँडमा नपरेको ९९ हजार ७२६ कित्ता शेयर इन्स्योरेन्सले लिलामीमार्फत बिक्री गर्नेछ। इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।