नेपाल एसबिआईलाई ऋणपत्र निष्कासन गर्ने अनुमति

Jan 13, 2020 12:56 PM Merolagani

नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआई बैंक (SBI) लाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई पुस २७ गते ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।

बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको लागि सो ऋणपत्र निष्कासन गर्न लागेको हो। ऋणपत्र निष्कासन तथा बिक्रीको जिम्मेवारी कुमारी क्यापिटललाई दिइएको छ। इक्रा नेपालले बैंकको ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग दिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।