बैंकले पुस २५ गतेदेखि सो लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो। बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। गत पुस २५ गते सम्पन्न बैंकको ६० औँ वार्षिक साधारण सभाले १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।