अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुनुपूर्व एशियाली शेयर बजारमा गिरावट

Jan 15, 2020 02:19 PM Agency

बुधबार एशियाली शेयर बजारमा गिरावट देखिएको छ । लगानीकर्ताहरु अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर हुने प्रतिक्षामा रहेसँगै अब दुई देशका बीचको व्यापार सम्बन्ध कुन मोडमा जान्छ  भन्ने आशंकासँगै अधिकांश एशियाली शेयर बजारमा गिरावट देखिएको बताइएको छ ।

बुधबार एशिया–प्रशान्त शेयर ०.४० प्रतिशतले घटेको छ भने जापानको निक्केई र कोरियाको केओएसपीआई इन्डेक्स क्रमशः ०.४६ प्रतिशत र ०.४० प्रतिशतले घटेको छ । जबकि अस्ट्रेलियाको शेयरमा भने ०.३३ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यसैगरी चीनको शांघाई कम्पोजिट ०.५९ प्रतिशत र हङकङको ह्याङसेङ इन्डेक्स ०.७२ प्रतिशतले घटेको छ ।

विश्वका दुई ठूलो अर्थव्यवस्था भएका देशका बीच चलेको १८ महिना लामो व्यापार युद्ध पहिलो चरणको व्यापार सम्झौतासँगै केही साम्य हुने अपेक्षा गरिएको छ । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।