लुम्बिनीको नगद लाभांश बैंक खातामा

Jan 16, 2020 10:40 AM Merolagani

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले नगद लाभांश बैंक खातामा जम्मा गरेको छ। बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा माघ १ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो।

बैंकले पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ५ प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।