अमेरिका–चीन व्यापार सम्झौताको प्रभावः विश्वका अधिकांश शेयर बजारमा उछाल

Jan 16, 2020 12:02 PM Agency

लामो समयदेखि प्रतिक्षारत अमेरिका–चीन बीच पहिलो चरणको व्यापार सम्झौतामा बुधबार हस्ताक्षर भएसँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । योसँगै बुधबार अधिकांश शेयर बजार परिसूचक उच्च बिन्दुमा पुगेर बन्द भए भने बिहीबारको बजारमा पनि अधिकांश शेयर बजारमा उछाल देखिएको छ । 

सम्झौतामा हस्ताक्षर भएसँगै बुधबार अमेरिकी शेयर बजार सूचकमा तीव्र वृद्धि देखियो । डउ सूचक पहिलोपटक २९ हजार को बिन्दु पार गरेर बन्द भएको थियो । यसैगरी एसएण्डपी ५०० सूचक ०.२ प्रतिशत बढोत्तरीका साथ ३ हजार २८९ को बिन्दुमा पुगेको थियो भने नास्डेक इन्डेक्स ०.८ प्रतिशतले बढेपनि बजार बन्द हुने समयमा ९ हजार २५८ को बिन्दुमा स्थिर रह्यो ।

बिहीबार भारतीय शेयर बजार परिसूचक सेन्सेक्सले पनि पहिलोपटक ४२ हजार पार गरेको छ । सेन्सेक्स सूचक १८५ अंकले बढेर ४२ हजार ०५८.०१ को बिन्दुमा पुगेको छ भने निफ्टी पनि ४६ अंकले बढेर १२ हजार ३८९.०५ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । दुवै सूचक पहिलोपटक उच्च बिन्दुमा पुगेका हुन् ।

योसँगै बिहीबार जापानको निक्केई इन्डेक्स ०.१४ प्रतिशतले बढेको छ भने एशियाका अन्य सूचक पनि उच्च रुपले बढेका छन् ।

बुधबार अमेरिका–चीनका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै दुई देशका बीच चलेको लामो व्यापार युद्ध समाप्त हुने अपेक्षासँगै लगानीकर्ताहरु आशावादी भएको र यसबाट एशिया सहित विश्वका अधिकांश शेयर बजारमा बढोत्तरी देखिएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका भाइस प्रिमियर लिउ हि ले पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै दुवै देशले यसअघि एक अर्काको देशबाट हुने आयातित सामानमा लगाइएको केही शुल्क फिर्ता लिएका छन् ।

दुई देशका बीचको व्यापार युद्धले विश्व अर्थतन्त्रलाई नै लामो समयदेखि प्रभाव पारिरहेको थियो । दुई देशका बीचको तनावको अवस्थाले विश्व अर्थतन्त्र नै सुस्ताइरहेको र यसले विश्व अर्थतन्त्रलाई दीर्घकालीन असर गर्ने विश्लेषणहरु हुदैँ आएका थिए । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।