महोत्तरीमा बिहीवारदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बिमा शिविर शुरु गरिएको हो ।