लाभांशकाे चाह भएन कि थाह भएन ? २० वाणिज्य बैंकमा २ अर्ब भन्दा धेरै लाभांश थुप्रियो

Jan 17, 2020 11:33 AM merolagani

रविन पाैडेल ।

अधिकांश शेयरधनीहरु चाहन्छन कि आफूले लगानी गरेको कम्पनीले धेरै भन्दा धेरै लाभांश वितरण गरोस्। तर कतिपय यस्ता लगानीकर्ता पनि छन् जसलाई लाभांशको वास्तै छैन।

शेयर बजारमा लगानी गर्ने कतिपय लगानीकर्ताहरूलाई आफूले लगानी गरेको कम्पनीको अवस्थाको बारेमा थाहा हुनु त परको कुरा उक्त कम्पनीले कति प्रतिफल वितरण गर्‍यो भन्ने कुरा समेत थाहा छैन।

एक पटक शेयर खरिद गरेपछि त्यसको वास्तै नगर्दा २० वटा वाणिज्य बैंकमा मात्रै झण्डै साढे २ अर्बको नगद लाभांश थुप्रिएर बसेको छ । अझ शेयर बजारमा सूचीकृत २१५ वटा भन्दा धेरै कम्पनीको हिसाब गर्ने हो भने उक्त रकम अझै बढ्छ ।

कम्पनीहरूले घोषणा गर्ने उक्त लाभांश शेयरधनी लिन नै नआएपछि कम्पनीमा नै थुप्रिएर बसेको हो । २५ कम्पनीले पाँच वर्ष भन्दा अघिको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाइसकेका छन्।

वाणिज्य बैंकहरुले गत पाँच आर्थिक वर्षमा वितरण गरेको उक्त लाभांश शेयरधनीहरु लिन नै नआएपछि थुप्रिएर बसेको हो । वित्तीय संस्थाहरूले यस्तो लिन बाँकी लाभांश संकलनको लागि पटक पटक राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गरी लाभांश सङ्कलन गर्न आग्रह गरे पनि अझै ठूलो रकमको लाभांश  थुप्रिएर बसेको छ।

  • कति छ शेयरधनीले बुझिलिन बाँकी लाभांश?

हाल २० वटा वाणिज्य बैकमा मात्रै २ अर्ब रुपैयाँ भन्दा धेरैको लाभांश लिन बाँकी छ। गत पाँच आर्थिक वर्षहरूमा २० वटा वाणिज्य बैकले वितरण गरेको २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ बराबरको लाभांश बैकमा नै थुप्रिएर बसेको हो ।

 

 

यी २० वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्व रहेको कृषिविकासमा सबैभन्दा धेरै ७१ करोड रुपैयाँभन्दा धेरैको लाभांश थुप्रिएर बसेको छ। बैंकले ग्रामीण क्षेत्रमा धेरै शेयर वितरण गरेकोले उक्त लाभांशबारे शेयरधनीलाई पत्तै नभएको हो । बैकले गत आर्थिक वर्षहरूमा नगद लाभांशमा समेत जोड दिएकाले उसका शेयरधनीहरुले लिन बाँकी लाभांश धेरै भएको हो।

लक्ष्मीमा भने गत आर्थिक वर्षहरूमा वितरण गरेको कुनै पनि लाभांश शेयरधनीहरुले लिन बाँकी छैन।पछिल्लो पाँच आर्थिक वर्षमा बैंकले वितरण गरेको सबै लाभांश सम्बन्धित शेयरधनीहरुलाई वितरण गरी सकेको बैकले जनाएको छ। बैकले पछिल्लो पाँच आर्थिक वर्षमा वोनस शेयर मात्र वितरण गरेकाले पनि उसको शेयरधनीलाई वितरण गर्न बाँकी लाभांश नरहेको हो।

  • किन थुप्रियो यति थेरै नगद लाभांश?

आफूले गरेको लगानीको प्रतिफल लिन कसलाई पो मन लाग्दैन र ? तर पनि बैंकहरुमा यति धेरै लाभांश थुप्रिएर बस्नुको कारण के त?

कतिपय बैकले शेयरधनीहरुकाे डिम्याट खातामा बैक खातामा अद्यावधिक नहुँदा नगद लाभांश पठाउन नसकेको हो। बैंकहरुले डिम्याट एकाउन्टमा खाता यथाशीध्र अद्यावधिक गराइ नगद लाभांश प्राप्त गर्न अनुरोध गर्ने गरे पनि लगानीकर्ताहरूमा त्यससम्बन्धी ज्ञान नहुँदा कम्पनीहरूमा ठूलो रकम बराबरको लाभांश थुप्रिएर बसेको हो।कतिपय लगानीकर्ताले त हितग्राही खाता समेत नखोली भौतिक रूपमै शेयर धारण गरेर बसेका छन्।

अधिकांश बैंकहरुको साधारण सभामा पनि शेयरधनीहरुले यही प्रश्न उठाउने गरेको छन् ।

लगानीकर्ताहरूले उक्त लाभांश सम्बन्धित शेयरधनीहरुलाई यथाशीघ्र वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन्।

हालसालै साधारण सभा सकिएका नेपाल बैक, इन्भेस्टमेन्ट बैक, एनएमबि बैकको साधारण सभामा पनि लगानीकर्ताहरूले बाँकी लाभांश वितरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए । लगानीकर्ताले शेयरधनीहरुलाई एसएमएस तथा अन्य कुनै माध्यमबाट लाभांश सँकलनको लागि सिधै सूचना जाने व्यवस्था मिलाउन समेत उनीहरूले माग गर्ने गरेका छन् ।

बैंकहरुले लाभांश संकलनका लागि राष्ट्रिय दैनिकमा सूचना निकाल्ने तथा अन्य माध्यमहरूबाट समेत शेयरधनीहरुलाई सूचित गर्दै आएको बताएका छन् । तर पत्रपत्रिका नपढ्ने  शेयरधनीहरुलाई बैकले लाभांश सङ्कलन गर्न निकालेकाे सूचनाले कुनै सहयाेग गरेकाे पाइएकाे छैन  । इन्टरनेट चलाउने कतिपय लगानीकर्ताले त मेरोलगानी जस्ता केही अनलाइन पोर्टलहरू बाट पनि सूचना पाउन सक्छन्। तर इन्टरनेट नचलाउने तथा पत्रपत्रिका समेत नपढ्ने शेयरधनीहरुसम्म यस्तो सूचना पूर्याउन भने समस्या रहेको देखिन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।