सिटिजन्स बैंकद्वारा सिरहामा कम्बल वितरण

Jan 17, 2020 08:21 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले (CZBIL) सिराहामा कम्बर वितरण गरेको छ। बैंकले सिराहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल तथा नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न, असहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो। 

चिसोका कारण जनजीवन प्रभावित हुँदै गएपछि न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरिब, सीमान्तकृत तथा असहाय व्यक्तिहरुलाई सो कम्बल वितरण गरिएको बैंकले जनाएको छ। बैंकले सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा १५० थान कम्बल वितरण गरेको हो। उक्त कार्यक्रममा सरोकारवालाको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ।

केही दिनयता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन्। शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। यसका साथ–साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।