गुहेश्वरी मर्चेण्टले आइतबारदेखि नगद लाभांश पठाउने

Jan 17, 2020 11:30 AM Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) ले आइतबार (माघ ५ गते) देखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ६.५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा पठाउने तयारी गरेको हो। पुस २९ गते सम्पन्न फाइनान्सको १८ औँ वार्षिक साधारण सभाले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

पुस २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरु बैंक खातामा सो लाभांश जम्मा गरिनेछ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गतेदेखि बुकक्लोज गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।