व्यापार युद्धको असरः चीनको आर्थिक वृद्धि ३ दशकयताकै सुस्त

Jan 17, 2020 12:59 PM Agency

चीनको आर्थिक वृद्धि करिब ३० वर्षयताकै सुस्त देखिएको छ । विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाका रुपमा रहेको चीनको आर्थिक वृद्धि सन् २०१९ मा ६.१ प्रतिशतले मात्र वृद्धि भएको छ । यो २९ वर्षकै सबैभन्दा सुस्त र खराब आर्थिक वृद्धि भएको बताइएको छ । 

कमजोर घरेलु माग र अमेरिकासँगको लामो व्यापार युद्धका कारण यो वर्ष चीनको आर्थिक वृद्धि सुस्त देखिएको हो ।

यद्यपी चीनियाँ सरकारले विगत दुई वर्षदेखि देशको आर्थिक वृद्धिलाई बढावा दिनका लागि विभिन्न प्रकारका उपायहरु भने अपनाइरहेको छ ।

अमेरिका र चीनका बीच करिब २ वर्षदेखि व्यापार तनावको अवस्था रहेको छ । यद्यपी बुधबार मात्रै दुई देशका बीचमा भएको पहिलो चरणको व्यापार सम्झौताले छिट्टै नै व्यापार युद्धको अवस्था साम्य हुने र दुई देशका बीचको सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।

सुस्त आर्थिक वृद्धिको नतिजा सार्वजनिक भएसँगै चीनले आर्थिक वृद्धिलाई प्रोत्साहन दिनका लागि विभिन्न उपायहरु अपनाउने जनाएको छ ।

चीनियाँ सरकारले आर्थिक सुस्तता हटाउनका लागि कर कटौती गर्ने र स्थानीय सरकारलाई पूर्वाधारका कार्यक्रमहरु विकास र विस्तार गर्नका लागि ठूलो मात्रामा बन्ड बेच्ने अनुमति दिने तयारी गरिरहेको बताइएको छ ।

देशका बैंकहरुलाई पनि अधिक मात्रामा ऋण विस्तार गर्नका लागि प्रोत्साहन गरिएको छ । विशेषगरी साना फर्महरुलाई अधिक ऋण प्रवाह गर्न भनिएको बताइएको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।