सातामा नेप्से ८ प्रतिशत बढ्दा साढे ६ अर्बभन्दा बढीको कारोबार, लगानीकर्ताको सम्पत्ती झण्डै डेढ खर्ब बढ्यो

Jan 18, 2020 10:04 AM Merolagani

यस साता नेप्से परिसूचक ८ प्रतिशत बढ्दा साढे ६ अर्बभन्दा बढीको कारोबार भएको छ। यससँगै लगानीकर्ताहरुको सम्पत्ती करिब डेढ खर्ब बढेको छ।

गत साताको अन्तिम कारोबार दिन एक हजार २१३.१२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ९७.११ अंक बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता ४ अर्ब २२ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता ६ अर्ब ६७ करोड बराबरको शेयर खरिदबिक्री भएको छ। कूल बजार पूँजीकरण पनि १ खर्ब ४९ अर्ब बढेर १६ खर्ब ६९ अर्ब पुगेको छ।

नेप्से र कारोबार रकम दुबै बढेपछि लगानीकर्ताहरुको मनोबल पनि बढेको छ। लामो समयदेखि बियरिश ट्रेण्डमा रहेको नेप्सेले अब भने बुलिश ट्रेण्ड समातेको विश्लेषकहरु बताउँछन्। वित्तीय क्षेत्रमा तरलता सहज भएपछि दैनिक औसत कारोबार रकममा पनि वृद्धि भएको छ। नेप्सेको पछिल्लो २० दिनको औसत कारोबार रकम ८० करोड ५४ लाख रहेको छ भने यस साताको औसत कारोबार रकम १ अर्ब ३३ करोड पुगेको छ।

बजारमा कारोबार रकम बढेपनि ठूलो परिमाणमा कारोबार नभएको ब्रोकरहरुको भनाइ छ। केही नयाँ अनुहारहरु बजारमा देखिएका छन् भने ठूला लगानीकर्ताहरुले पनि सानो परिमाणमा कारोबार गरिरहेको उनीहरुको भनाइ छ।

प्राविधिक विश्लेषण अनुसार यस साता नेप्से एक हजार ३१३.२३ विन्दुमा प्रतिरोधको सामना गरेर केही तल झरेको छ। कारोबार रकमले साथ दिएका कारण आगामी साता नेप्से सो प्रतिरोध विन्दुभन्दा माथि पुग्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन्। पछिल्लो समयमा नेप्सेमा देखिएको गोल्डेन क्रसले बजार बुल हुने संकेत गरिसकेको विश्लेषकहरु बताउँछन्।

यस साता इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ३१.४९ प्रतिशत बढेको छ। गत साता ६३२ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य यस साता ८३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, घोडीघोडा लघुवित्तको शेयरमूल्य यस साता ३१.२६ प्रतिशत र मञ्जुश्री फाइनान्सको ३०.६७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस साता एनआईसी एशिया बैंक लिमिटेड शिर्ष स्थानमा रहेको छ। सो बैंकको गत साता २६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्स, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानीको न्यूज लेटरमा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।