ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

Jan 17, 2020 04:34 PM merolagani

ग्लोबल आइएमई बैंकले २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।