मञ्जुश्रीको नाफामा उल्लेख्य सुधार, ईपीएस कति?

Jan 19, 2020 09:01 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्स (MFIL) को खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। फाइनान्सले पुस मसान्तसम्ममा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२ करोड ३६ लाख ९२ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १ करोड ९६ लाख मात्र नाफा कमाएको थियो। खर्च बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाका साथै गैर सञ्चालन मुनाफा बढेपछि फाइनान्सको खुद नाफा बढ्न टेवा पुगेको हो।

चालु आर्थिक वर्षकै पहिलो त्रैमाससम्ममा २ करोड ७५ लाख मात्र खुद नाफा कमाएको यस फाइनान्सले दोस्रो त्रैमासको तीन महिनामा ११ करोड ५७ लाख खुद नाफा कमाएको छ।

नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएसमा पनि उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ रुपैयाँ ९० पैसा रहेको फाइनान्सको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा ३० रुपैयाँ १५ पैसा बढेर ३५ रुपैयाँ ५ पैसा कायम भएको छ। सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ९ करोड ३१ लाख ४० हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८१ लाख रहेको छ। फाइनान्सको जगेडा कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ सञ्चित छ भने ९ करोड ३३ लाख ७० हजार रुपैयाँ रिटेन्ड अर्निङ्ग छ।

पुस मसान्तसम्ममा ५ अर्ब ४० करोड ४७ लाख निक्षेप सङ्कलन गरी ५ अर्ब ५० करोड ६२ लाख कर्जा प्रवाह गरेको यस फाइनान्सले सो अवधिसम्ममा १९ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड २६ लाख ९० हजार बढी हो।

समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ७ करोड ३६ लाख ३५ हजार रुपैयाँ बढेर १० करोड १ लाख ३१ हजार रुपैयाँ पुगेको छ। फाइनान्सको मूल्य आम्दानी अनुपात पुस मसान्तमा ४.८२ गुणा कायम भएको छ भने प्रति शेयर नेटवर्थ १२१.७१ रुपैयाँ रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।