आईसीएफसीले नगद लाभांश बैंक खातामै पठाउने

Jan 19, 2020 09:17 AM Merolagani

आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने व्यवस्था गरेको छ। फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।

गत पुस २९ गते सम्पन्न फाइनान्सको १६ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। फाइनान्सले पुस १४ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फाइनान्सले पुस १५ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेज बन्द गरेको थियो।

हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार रहेको छ। ४ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख ८० हजार पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।