सुनको भाउ बढ्यो, चाँदीको स्थीर

Jan 19, 2020 11:33 AM Merolagani

सुनको भाउ माघ ५ गते आइतबार बढेको छ। यस दिन सुन तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थीर रहेको छ। 

यस दिन छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन शुक्रबार सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। शनिबार भने महासंघले सुनचाँदीको भाउमा परिवर्तन गर्ने गरेको छैन।

त्यसैगरी, आइतबार चाँदी अघिल्लो दिनको भाउ अर्थात प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।