गुगलको पेरेन्ट कम्पनी अल्फाबेटको बजार पूँजीकरण १० खर्ब डलर पुग्यो

Jan 19, 2020 01:14 PM Agency

गुगलको पेरेन्ट कम्पनी अल्फाबेटको बजार पूँजीकरण पहिलो पटक १० खर्ब डलर (१ ट्रिलियन डलर) पुगेको छ । बिहीबार अल्फाबेटको शेयर ०.८ प्रतिशतले बढेसँगै कम्पनीको समग्र पूँजीकरण बढेको हो । 

अल्फाबेटको ८५ प्रतिशत आम्दानी गुगलबाट आउने गर्दछ ।

ट्रिलियन डलरको सूचीमा ३ अमेरिकी कम्पनी
अल्फाबेटको शेयर यो वर्ष अर्थात् १६ दिनमा ८ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । अल्फाबेट अमेरिकाको चौथौँ कम्पनी हो, जुन ट्रिलियन डलरमा शामिल भएको छ । हाल तीन अमेरिकी कम्पनी मात्र ट्रिलियन डलर बजार पूँजीकरणको सूचीमा रहेका छन् । यि तीनै प्रविधि कम्पनी हुन् ।

बजार पूँजीकरण धेरै हुने अमेरिकी कम्पनीमा एप्पल पहिलो नम्बरमा र माइक्रोसफ्ट दोस्रो नम्बरमा रहेको छ । अमेजनको बजार पूँजीकरण पनि सन् २०१८ मा १ ट्रिलियन डलरसम्म पुगेको थियो । तर हाल कम्पनीको बजार पूँजीकरण ९ खर्ब ३१ अर्ब डलर मात्र रहेको छ ।

बजार पूँजीकरणमा टप–५ अमेरिकी कम्पनी
सबैभन्दा धेरै बजार पूँजीकरण एप्पल कम्पनीको रहेको छ । उसको बजार पूँजीकरण १४ खर्ब डलर रहेको छ । यसैगरी दोस्रो सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी माइक्रोसफ्टको बजार पूँजीकरण १३ खर्ब डलर रहेको छ । तेस्रो ठूलो अमेरिकी कम्पनीका रुपमा १० खर्ब डलरका साथै अल्फाबेट रहेको छ । यसैगरी अमेजनको ९ खर्ब ३१ अर्ब र फेसबुकको ६ खर्ब ३१ अर्ब डलर बजार पूँजीकरण रहेको छ ।

विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी
हाल बजार पूँजीकरणमा साउदी अरामको अग्र स्थानमा रहेको छ । कम्पनीको बजार पूँजीरकरण सबैभन्दा धेरै १८ खर्ब डलर रहेको छ । गत महिना मात्र अरामको २० खर्ब डलर बजार पूँजीकरण भएको विश्वको पहिलो कम्पनी बनेको थियो । केही दिन पहिले अमेरिका–ईरानका बीच तनाव बढेका कारण कम्पनीको बजार पूँजीकरणमा गिरावट आएको थियो । एजेन्सी 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।