बीस महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम २ अर्ब नाघ्यो

Jan 19, 2020 03:49 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३३.४३ अंक बढेसँगै २० महिनायताकै उच्च विन्दुमा पुगेको छ। आइतबार नेप्से परिसूचक २.५५ प्रतिशत बढेर एक हजार ३४३.६५ विन्दुमा पुगेको छ।

यो २०७५ बैशाख ३१ गते यताकै उच्च विन्दु हो। बैशाख २७ गते बिहीबार नेप्से १ हजार ३४८.५४ विन्दुमा बन्द भएको थियो।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। आइतबार १७८ कम्पनीको २१ हजार ४२३ पटकको कारोबारमा २ अर्ब ९ करोड ८ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ११ महिनापछि कारोबार रकम २ अर्ब नाघेको हो। २०७५ फागुन २ गते नेप्सेको कारोबार रकम २ अर्ब नाघेको हो।

वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएपछि नेप्सेको दैनिक कारोबार रकम बढ्दै गएको हो। यसका साथै नेप्से दैनिक उकालो लाग्न थालेपछि लगानीकर्ताहरुको प्रवेश पनि बढ्दै गएपछि कारोबार रकम बढ्न टेवा पुगेको एक ब्रोकरले बताए।

नेप्से र कारोबार रकम दुबै बढ्न थालेपछि लगानीकर्ताहरुको मनोबल पनि बढेको छ। लामो समय बजार घट्दा ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताहरु अहिले बजार प्रवेश गर्न थालेको ब्रोकरहरु बताउँछन्।

नेप्से उच्च अंकले बढेसँगै यस दिन ५ कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेको छ भने अन्य २२ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लक्ष्मी इक्विटी फण्ड, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शिर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड १५ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीको शेयरमूल्य भने २१ रुपैयाँ बढेर एक हजार ३०० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, शिवम् सिमेन्ट्सको कारोबार रकम पनि यस दिन १० करोड नाघेको छ। कम्पनीको यस दिन १० करोड ८ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ। कम्पनीको शेयरमूल्य यस दिन १८ रुपैयाँ बढेर ५४२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन स्वाभिमान लघुवित्तका शेयरधनीहरुले ६.६९ प्रतिशत गुमाएका छन्। त्यसैगरी, कालिका पावर कम्पनीको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ भने जोशी हाइड्रोपावरको ४.४ प्रतिशत घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।