सोमबार बैंकको शेयर कारोबार २५२.४७ रुपैयाँमा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको छ। बैंकले गत बुधबार (माघ १ गते) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो।
ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्। मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ।
गत असार १९ गते बिहीबार बैंकको शेयर २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।