उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा सानिमा बैंककोतर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालकातर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका थिए।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको टोखामा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो।