एशियाली शेयर बजार २० महिनायताकै उच्च बिन्दुमा, भारतीय शेयर नयाँ उचाईमा

Jan 20, 2020 12:14 PM Merolagani

एशियाली शेयरल बजार सोमबार २० महिनायताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको बलियो आर्थिक तथ्यांक र फेडरल रिजर्भ बैंकद्धारा तरलतामा वृद्धिसँगै लगानीकर्ताहरुको मनोबल मजबुत बन्न पुगेका कारण अधिकांश एशियाली शेयर बजारमा उछाल देखिएको बताइएको छ । 

एशिया–प्यासिफिक शेयर सुरुवाती कारोबारमा जुन २०१८ पछिकै उच्च बिन्दुमा पुगेको थियो भने पछि ०.१ प्रतिशतले बढेको छ । यसैगरी सोमबार जापानको निक्केई इन्डेक्स ०.२ प्रतिशतले बढेर १५ महिनाको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।

यसैगरी चिनीयाँ ब्लू–चिप इन्डेक्स ०.२ प्रतिशतले बढेको छ ।

अस्ट्रेलियाको मुख्य इन्डेक्स सबैभन्दा उच्च बिन्दुमा पुगेको छ भने दक्षिण कोरियाको शेयर २०१८ अक्टोबर पछिकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसैगरी एसएण्डपी इन्डेक्स ०.१ प्रतिशतले बढेको छ ।

नयाँ वर्षको सुरुवातसँगै हालसम्म एसएण्डपी५०० सूचक ३ प्रतिशतले बढिसकेको छ भने नास्डाक सूचक करिब ५ प्रतिशतले बढेको छ ।

यसैगरी भारतीय शेयर बजार सुरुवाती कारोबारका क्रममा ३२८ अंकले बढेर ४२ हजार २७३.८७ को उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो भने निफ्टी पनि ७८ अंकले बढेर १२ हजार ४३०.५० बिन्दुका साथ हालसम्मको सबैभन्दा उच्च स्तरमा पुगेको हो ।

सोमबार कच्चा तेलको मूल्य भने उच्च रुपले बढेको छ । यसले विश्वव्यापी चिन्ता बढेको बताइएको छ । लिबियाद्धारा दक्षिण पश्चिमी इलाकामा तेल खानी बन्द गरिदिएसँगै कच्चा तेलको मूल्य बढ्न पुगेको हो । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।