बिश्व धितोपत्र बजारमा नेपालको अवस्था यस्ताे छ

Jan 20, 2020 08:35 PM merolagani

देव गुरागाँई

नेपालको पूँजीबजारको इतिहास त्यति लामो त छैन तर विश्वको हेर्ने हो भने सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज, नेदरल्याण्डमा स्थापना भई सन् १६०६ मा एक डच कम्पनी (Vereinigte Oostindische Compaignie) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ।

विश्वका १० पुराना स्टक एक्सचेञ्जको कुरा गर्ने हो भने नेदरल्याण्ड पछि फ्रान्स (सन्१७२४), अमेरिका (सन् १७९०), बेलायत (सन् १८०१), ईटाली (सन् १८०८), जर्मनी (सन् १८२०), स्पेन (सन् १८१३), क्यानडा (सन् १८६१), अष्ट्रेलिया (सन् १८७२) र भारत (सन् १८७५) रहेका छन्।

नेपालमा भने नेपाल स्टक एक्सचेञ्जको स्थापना सन् १९९३ मा भएको हो, यद्यपि सन् १९३७ मा सर्वप्रथम विराटनगर जुट मिल्सले शेयर जारी गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेको ईतिहास पाईन्छ। कम्पनी ऐन २०२१ अनुसार वि.सं. २०३३ असार २२ गते सेक्युरिटी खरिदबिक्री केन्द्र (SMC) को स्थापना भएको थियो भने वि.सं. २०३८ देखि मात्र विविध रूपमा दोश्रो बजारमा धितोपत्रको कारोबार शुरु भएको पाईन्छ।

छुट्टै धितोपत्र कारोबार सम्बन्धी छुट्टै ऐनको आवश्यकता महशुस भई धितोपत्र कारोबार ऐन २०४९ जारी भई त्यसको पहिलो संशोधन पश्चात वि.सं. २०५० जेष्ठ १३ गते सेक्युरिटी एक्सचेञ्ज सेन्टर (SEC) स्थापना भई त्यसैको नाम परिवर्तन भई हालको नेपाल स्टक एक्सचेञ्ज लि. (NEPSE) भएको हो र यसले धितोपत्र कारोबारमा बजारको संगठनात्मक विकास र औपचारिक रूपमा दोश्रोबजारको कारोबार शुरू गरेको हो।

नेप्सेले वि.सं. २०५० पौष २९ गते देखि शेयर खरिद बिक्री Trading Floor शुरू गरेको पाईन्छ। यसरी धितोपत्रहरूको कारोबार हुँदै जाँदा धितोपत्र कारोबारमा नियामक निकायको आवश्यकता महशुस भई धितोपत्र कारोबार ऐन २०४९ (पहिलो संशोधन) अनुसार धितापत्र बोर्डको स्थापना वि.सं. २०५० जेष्ठ २५ गते भएको हो। यसले बजार नियमन अनुगमन, बजार विकास गर्नुका साथै धितोपत्र बजार सम्बन्धी ऐन, कानून, नीति, नियम, निर्देशिका तर्जुमा गरि कार्यान्वयन गराउने मुख्य कार्य गर्दछ।

धितोपत्र बजारको विश्व परिवेशमा नेपालको धितोपत्र बजार निकै कान्छो र बामे सर्दै गरेको अवस्थामा छ। नेपालको धितोपत्र बजारलाई विकास गर्न र अन्तर्राष्ट्रियस्तरको बनाउँदै लैजान सोही बमोजिमको प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ।

नेपालको धितोपत्र बजार विकास गर्न मुख्यतः नेपाल सरकार, अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग तथा अन्य धितोपत्र बजारसँग सरोकार राख्ने संस्था, निकाय वा व्यक्तिकाे भूमिका, कृयाकलाप र गतिविधिमा बजारको गति अगाडि बढिरहेको हुन्छ।

धितोपत्र बजार भनेको यी सबै सरोकारवालाहरूको एक सिंगो परिवार हो भने यसमा आबद्ध सबै लगानीकर्ता परिवारका सदस्य हुन्। परिवारमा फरक फरक सोचाईका विभिन्न पात्रहरू रहेका हुन्छन्। परिवार सुखी, समुन्नत र आदर्श बनाउन सबै सदस्यहरूको उत्तिकै उत्तरदायित्व हुन्छ। एकले गलत काम गरे बदनाम सिंगो परिवारको हुन्छ।

त्यसैले, प्रदुषणबाट बजारलाई मुक्त गरेर बजार विकास गर्ने कर्तव्य सबैको उत्तिकै हुन्छ। घर बलियो भए ओत पाउँछौ, बजार बलियो भए यसका सबै सदस्यहरूले आर्थिक लाभ पाउछौं। यो परिवारमा आबद्ध नियामक निकाय र जिम्मेवार पदाधिकारिहरू लगायतका परिवारका जेष्ठ सदस्यहरू, संघ, संगठन , विज्ञहरू, लगायत आम लगानीकर्ता एक भएर हातमा हात मिलाएर बजार शुद्धिकरण र विकास गर्न लाग्नु पर्दछ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।