नेप्सेको अनलाईन कारोबार प्रणालीमा साढे १८ हजार लगानीकर्ता आबद्ध, कुन ब्रोकरमा कति?

Jan 20, 2020 04:43 PM merolagani

नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या साढे १८ हजारभन्दा धेरै पुगेको छ। अनलाइन कारोबार सुरु भएको १४ महिना भन्दा धेरै हुँदा सो संख्यामा लगानीकर्ता आवद्ध भएका हुन्।

नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार पुस २९ गते सम्ममा नेप्सेको अनलाइन कारोबार प्रणलीमा आबद्ध भइ आफ्नै हातले शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या १८ हजार ५८३ जना पुगेको छ। यो  ५० वटा ब्रोकर कम्पनीहरुबाट अनलाईन प्रणालीमा आबद्ध भई युजर लिएका लगानीकर्ताको संख्या हो ।

नेप्सेको पूर्ण स्वस्चालित अनलाईन कारोबार प्रणाली सुरुवात भएको १४ महिना भन्दा धेरै हुँदा पनि ७ वटा ब्रोकरमा भने अझै एक सय भन्दा कम लगानीकर्ताले अनलाईन युजर आईडी लिएका छन्।

 

कूल ५० वटा ब्रोकरमा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको औसत संख्या ३७१ जना रहेको छ। कुल ५० वटा ब्रोकरमध्ये १६ वटा ब्रोकरमा औसतभन्दा धेरै खाता खुलेका छन्।

नेपाल स्टक एक्सचेञ्जको पूर्ण स्वस्चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको १० महिना पुग्न लाग्दा औसतमा ४४ वटा ब्रोकरहरूले १०० भन्दा धरै अनलाइन खाता खोलेका छन् भने ६ वटा ब्रोकर कार्यालयले त अझै १०० वटा पनि खाता खोल्न नसकेको देखिएको छ ।

नेप्सेकाे तथ्याङ्क अनुसार भदौ १५ गतेसम्म भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार ४५६ जना रहेका छन्। त्यस्तै आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज पनि अनलाइन युजर वितरण गर्ने दोस्रो स्थानमा छ।

ब्रोकर कम्पनीहरु अनलाईन सेक्युरिटीज (४९), भिजन सेक्युरिटीज (३४), दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि (३८), सानी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज (३५) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या ८ सय भन्दा धेरै छ।

नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन भन्दै २०७४ कार्तिक २० गतेदेखि नेप्सेको अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याइएको थियो। 

प्रणाली सुरु भएसँगै दास्रो बजारमा शेयर कारोबारका लागि लगानीकर्तालाई ब्रोकर कार्यालय धाउनुपर्ने वाध्यता हटेको छ। इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर लगानीकर्ताले आफैंले अनलाईन मार्फत शेयर खरिद बिक्री सम्भव भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।