बैंकले निष्काशनमा ल्याएको कूल १० लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी गरिएको थियो भने ६ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गरेको थियो ।
बैंकले जारी गर्ने १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।
यो संगै बैंकको ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । यद्यपि शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन ।