विश्वका दुई हजार धनी व्यक्तिको नियन्त्रणमा साढे चार अर्ब ६० करोड गरीव भन्दा धेरै सम्पत्ति

Jan 20, 2020 06:20 PM Agency

विश्वका सबैभन्दा धनी २ हजार १५३ जना व्यक्तिसँग ४ अर्ब ६० करोड गरीवहरुसँग भन्दा बढी सम्पत्ति रहेको एक तथ्यांकले देखाएको छ । अक्सफामको रिपोर्ट अनुसार, सन् २०१९ मा विश्वका २ हजार १५३ जना धनीहरुले ४ अर्ब ६० करोड गरिबहरुसँग भएको भन्दा धेरै पैसा नियन्त्रणमा रहेको छ । 

रिपोर्टका अनुसार, प्रविधि कम्पनीको तुलनामा बिना तलब अर्थात् अन्डरपेइड काम गर्ने महिला र केटीहरुको संख्या विश्व अर्थतन्त्रमा वर्षेनी तीन गुणाका दरले बढिरहेको बताइएको छ ।

स्वीट्जरल्याण्डको नैरोबीको मुख्यालयमा सार्वजनिक गरिएको रिपोर्टमा विश्वभरका महिलाले हरेक दिन १२ अर्ब ५० करोड घण्टा बिना ज्याला भुक्तानी काम गर्न बाध्य रहेको वा उनीहरुलाई कामको कम मात्र मान्यता दिइएको उल्लेख गरिएको छ ।

अक्सफमले आफ्नो ‘टाइम टू केयर’ रिपोर्टमा बिना ज्याला हेरचाहको काम गर्ने महिलाहरुले विश्व अर्थतन्त्रमा कम्तीमा १०८ खर्ब डलर बराबरको मूल्य जोडेको बताइएको छ । जुन प्राविधिक उद्योगको मूल्यभन्दा तीन गुणा बढी हो ।

अक्सफ्यामका लागि इण्डियाका सीईओ अमिताभ बिहारले भने, अर्थव्यवस्थाका लागि लुकेको इन्जिनका रुपमा जुन हामी देख्छौँ, त्यो वास्तावमा महिलाहरूले ज्याला नलिई गर्ने हेरचाहको काम हो र हामीले यो लुकेको पाटोलाई परिवर्तन गर्न जरुरी छ ।

विश्व अर्थव्यवस्थामा असमानताको स्तरलाई स्पष्ट रुपमा देखाउनका लागि यो रिपोर्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

रिपोर्टमा एक भारतीय महिलाको उदाहरण दिदैँ उनले दिनमा १६ देखि १७ घण्टासम्म लगातार बिना तलब घरव्यवहार र परिवारको हेरचाहको काम गरेको र यसलाई तलब बिनाको एउटा खराब कामका रुपमा लिने गरेको बताइएको छ । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।