साधारण सभामा इलेक्ट्रोनिक्स भोटिङ्गको तयारी,प्रोक्सीकाे दिन जाँदै

Jan 22, 2020 11:47 AM Merolagani

सुवास निरौला

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले साधारणसभामा इलेक्ट्रोनिक्स भोटिङ्गको व्यवस्था गर्ने भएको छ । साधारणसभामा शेयरधनीको उपस्थिति वृद्धि गर्न उसले इलेक्ट्रोनिक्स भोटिङ्गको व्यवस्था गर्न लागेको हो ।

सिडिएससीको सञ्चालक समिति बैठकले उक्त व्यवस्था गर्न ६ महिना अघि नै अध्ययन सुरु गर्न निर्देशन दिएको थियो । २०७५ चैत १३ मा बसेको बैठकले उक्त व्यवस्था गर्ने बिषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

सोही निर्देशन पछि गठन भएको अध्ययन समितिले प्रतिवेदन तयार गरेको छ । 'सञ्चालक समितिले दिएको निर्देशन अनुसार इलेक्ट्रोनिक्स भोटिङ्गको व्यवस्था गर्ने विषयमा गरिएको अध्ययनको प्रतिवेदन तयार भएको छ' सिडिएसीकि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले भनिन् ।

अध्ययन समितिले हाल भारतमा गरिएको अभ्यासको अध्ययन गरेको थियो । समितिका सदस्यहरू स्थलगत अध्ययनको लागि केही महिना अघि भारत गएका थिए । त्यहाँ प्रयोग गरिएको व्यवस्थालाई आधार मानेर इलेक्ट्रोनिक्स भोटिङ्गको व्यवस्था गर्ने सकिने प्रतिवेदन, समितिले तयार गरेको छ । जसमा स्थानीय बजार, यहाँको साधारण सभाको प्रकृति,शेयरधनीको उपलब्धता  र कम्पनीलाई हेरेर इलेक्ट्रोनिक्स भोटिङ्गको व्यवस्था गर्न समितिले प्रतिवेदनमा सुझाएको छ ।

सञ्चालक समितिको निर्णयपछि उक्त व्यवस्था कार्यान्वयन गर्ने तयारी सिडिएससीको छ । जसका लागि धेरै समय नलाग्ने सिडिएससीले जनाएको छ । किनकि आन्तरिक तयारी लगभग सकिएको छ । प्राबिधिक रूपमा कस्तो मोडल प्रयोग गर्ने, साधारणसभामा कसरी प्रभावकारी बनाउने लगायतका विषयको टुङ्गो लागिसकेकोले छ ।

समयको व्यस्तता, समयमा सूचना ,भौगोलिक अवस्था र कार्य व्यस्तताका कारण सबै शेयरधनी साधारणसभामा उपस्थित हुन सक्दैनन् । किनकि कम्पनी ऐन २०६३ ले कुनैपनि कम्पनीको साधारणसभामा बढी भन्दा बढी शेयरधनीको उपस्थितिका लागि निश्चित स्थानमा गर्नुपर्ने व्यवस्था गरेको छ। त्यही प्रावधानका कारण कम्पनीले निश्चित स्थानमै साधारणसभा गर्छन्।

तर धेरैजसो कम्पनीका शेयरधनी देशैभरी छरिएर रहेका हुन्छन्। देशैभरीबाट शेयरधनीको सहभागिता रहने सम्भावना कम हुन्छ।  उनीहरूको सबै उपस्थित हुन नसक्नुको फाइदा अन्य शेयरधनीले उठाउँदै आएका छन् । साधारणसभामा सक्कली शेयरधनीको नाममा नक्कली प्रोक्सी खडा गर्ने विकृति कायम रहेको लगानीकर्ताले गुनासो गर्दै आएका छन् । इलेक्ट्रोनिक भोटिङ्गको व्यवस्थाले यो समस्याँ हटेर जाने सिडिएससीको विश्वास छ ।

  • भारतमा कस्तो व्यवस्था छ ?

भारतमा साधारणसभामा इलेक्ट्रोनिक भोटिङ्ग गर्ने गरिएको छ ।त्यहाँको नेशनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड(एनएसडिएल)ले यस्तो सुविधा दिने गरेको छ । स्थानीय बजारमा सिडिएससीले दिएको जस्तै सेवा भारतमा एनएसडिएल प्रवाह गर्छ । उसले साधारणसभामा इलेक्ट्रोनिक भोटिङ्ग मार्फत देश विदेशमा रहेका शेयरधनीलाई प्रत्यक्ष सहभागी हुने अवसर दिन्छ । भारतमा ८८ प्रतिशत शेयरधनीले ई-भोटिङ्गमा सहभागिता जनाउने गरेका एनएसडिएलको दाबी छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।