गणपतिको खुद नाफामा सामान्य सुधार

Jan 21, 2020 09:47 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (GMFBS) को नाफामा सामान्य सुधार भएको छ। माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि खर्च बढेपछि नाफा प्रभावित भएको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ लाख २९ हजार रुपैयाँ अर्थात ९.४१ प्रतिशत बढी हो। माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा ५० प्रतिशतभन्दा बढी बढेपनि कर तथा कर्मचारी बोनस बापतको व्यवस्थामा छुट्याएको बढी रकमका कारण खुद नाफामा सामान्य वृद्धि देखिएको हो।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ६३.५३ प्रतिशत बढेर ४ करोड ३७ लाख ८ हजार पुगेको छ। त्यसैगरी, माइक्रोफाइनान्सको सञ्चालन मुनाफा ७१.१९ प्रतिशत बढेर २ करोड ३९ लाख ९४ हजार रुपैयाँ पुगेको छ।

माइक्रोफाइनान्सले पुस मसान्तसम्ममा २६ लाख ३६ हजार रुपैयाँ कर्मचारी बोनस बापतको व्यवस्था र ७१ लाख १९ हजार रुपैयाँ कर व्यवस्थाका लागि छुट्याएको छ। गत आवको सोही अवधिसम्ममा माइक्रोफाइनान्सले कर्मचारी बोनसमा १५ लाख ३६ हजार रुपैयाँ र करका लागि १ लाख ८० हजार रुपैयाँ छुट्याएको थियो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा माइक्रोफाइनान्सको कर्मचारी खर्च ५८ प्रतिशत र अन्य सञ्चालन खर्च ४२ प्रतिशत बढेको छ।

१० करोड ३५ लाख चुक्ता पूँजी रहेको यस माइक्रोफाइनान्सको जगेडा कोषमा ३ करोड ३० लाख रुपैयाँ सञ्चित छ। माइक्रोफाइनान्सले पुस मसान्तसम्ममा २८ करोड ८२ लाख ५७ हजार रुपैयाँ निक्षेप र ७७ करोड ४७ लाख ८३ हजार सापटीबाट कूल १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सो अवधिसम्ममा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १८.५० प्रतिशत रहेको छ। माइक्रोफाइनान्सको निष्क्रिय कर्जा घटेर ०.५९ प्रतिशतमा सीमित भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।