नेपाल इन्भेष्टमेन्टको नगद लाभांश बैंक खातामा

Jan 21, 2020 10:13 AM Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस २४ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो।

गत पुस २८ गते सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारण सभाले १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बैंकले ८.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरु हकमा पनि नगद लाभांश बैंक खातामा नै पठाउने व्यवस्था गरिएका कारण त्यस्ता शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन बैंकले अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।