युनाइटेड फाइनान्सले पनि बैंक खातामा पठायो नगद लाभांश

Jan 21, 2020 10:38 AM Merolagani

युनाइटेड फाइनान्स (UFL) ले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। फाइनान्सले माघ ५ गते आइतबारदेखि नगद लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो।

फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको हो।

गत पुस २९ गते सम्पन्न फाइनान्सको ३३ औँ वार्षिक साधारण सभाले ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार फाइनान्सले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरु हकमा पनि नगद लाभांश बैंक खातामा नै पठाउने व्यवस्था गरिएका कारण त्यस्ता शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन फाइनान्सले अनुरोध गरेको छ। फाइनान्सको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।