सेनाले लेखा, पाइलट, एयर ट्राफिक कन्ट्रोलर, मेकानिकल, अमल्दार कर्मचारी, सैन्य मेडिकल, खेलाडी, ड्राईभर, पाश्र्व संगीत, अर्केष्ट्रा, छायांकन, रेडियो मेकानिक्स, चर्मकर्मी, सुचिकार , लोहाकार, धोवी लगायतका पदका लागि विज्ञापन खोलेको हो ।
इच्छुक आवेदकले आवश्यक कागजात खुलाई माघ ७ गते देखि फागुन ७ गतेसम्म आवेदन दिनुपर्ने छ । यसैगरी सो अवधिमा आवेदन नर्दिएका इच्छुक व्यक्तिहरुले दोब्बर दस्तुर बुझाएर फागुन १४ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ ।
दरखास्त फारम नजिकका भर्ना केन्द« तथा काठमाडौँको हकमा नारायणहिटि उत्तर तर्फको गेट, श्री नेपाल क्याभल्रीको खेल मैदानमा वितरण तथा पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर आवेदन दिएको पद अनुसार १०० रुपैयाँ देखि १००० रुपैयाँसम्म लाग्नेछ ।