स्याकार कम्पनीले शेयर बेच्दा हिमालयन बैंकको उच्च कारोबार, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Jan 21, 2020 03:54 PM merolagani

ज्योति ग्रुपको स्याकार कम्पनीले हिमालयन बैंकमा रहेको संस्थापक शेयर बिक्री गर्दा मंगलबार बैंकको संस्थापक शेयरको  उच्च कारोबार भएको छ। 

नेप्सेमा मंगलबार डेढ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा हिमालयन बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै २४ करोड ४६ लाख रुपैयाँ कारोबार भएको हो।

 यस दिन हिमालयन डिस्टीलरीको पनि १० करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशियाको ९ करोड ४६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख र शिवम सिमेन्ट्सको ५ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार नेप्से सूचक ३.३६ अंकले बढेर १३२०.४७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.९० अंकले बढेर २८४.४३ विन्दुमा पुगेको छ।
यस दिन १८३ वटा कम्पनीको ४४ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख रुपैयाँमा १३ हजार ७९७ पटक कारोबार भयो।

अघिल्लो दिन सोमबार १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा कारोबार रकम ४८ करोड रुपैयाँले घटेको छ। नेप्से सूचक अघिल्लो दिन उच्च अंकले घटेकोमा मंगलबार फेरि बढेको छ।

यस दिन कारोबारमा आएका १२ उप समूहमध्ये ६ वटा उपसमुहका सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ वटा उपसमूहका सूचक नकारात्मक देखिएका छन्।

मंगलबार गुँरास लाइफ सहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन गुँरास लाइफको शेयरमूल्य ९.८२ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बैंकको ९.७५ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशतले बढेको छ।

त्यस्तै स्पर्श लघुवित्त, सामुदायिक लघुवित्त, कालिका पावर, वेष्ट फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि उच्च रुपले बढेको छ।

यता एनआइसी एशिया ग्रोथ फण्ड, आइसीएफसी फाइनान्स, महुली सामुदायिक लघुवित्तको शेयरमूल्य भने उच्च रुपले घटेको छ।  एनआइसी एशिया ग्रोथ फण्डको इकाइमूल्य ६.४८ प्रतिशतले घटेको छ भने आइसीएफसी फाइनान्सको, ६.०७ प्रतिशत, महुली सामुदायिकको ५.९४ प्रतिशत, सिनर्जी पावरको ५.६६ प्रतिशत र युनिभर्सल पावरको शेयरमूल्य ५.१२ प्रतिशतले घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।